विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।

पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्ठी परित्याग गरेको बताए।

खस समावेशी राष्ट्रिय पार्टीका तत्कालीन अध्यक्ष कार्कीले १० वर्ष अगाडि जसपामा समाहित गरेका थिए। उनले अब राष्ट्रिय हितको अभियानलाई नयाँ पार्टी गठन गरेर अघि बढाउने बताए ।

जसपाले कार्कीको नाम मोरङ क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर मोरङ क्षेत्र २ कांग्रेसको भागमा पर्ने निश्चित भएपछि उनी पार्टीबाट अलग्गिएका हुन्।

63
Shares
१२ आश्विन २०७९, बुधबार १४:४१