प्रतीकात्मक तस्बिर।

विराटनगर । सुनसरीका छुट्टाछुट्टै स्थानमा बुधबार बिहान चट्याङ पर्दा दुईजनाको मृत्यु भएको छ।

देवानगञ्ज गाउँपालिका १ मा परेको चट्याङ लागेर स्थानीय ४५ वर्षीया रितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

भैंसीलाई पानी खुवाइरहेका बेला उनलाई चट्याङ लागेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए।

देवानगञ्ज गाउँपालिका ६ मा परेको चट्याङ लागेर स्थानीय ६० वर्षीय उदिपचन्द्र यादवको मृत्यु भएको छ।

खेतमा घाँस काटिरहेका बेला परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

105
Shares
१२ आश्विन २०७९, बुधबार १२:४१