विराटनगर । नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जनालाई मंगलबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ का २१ वर्षीय विशाल रम्तेल रहेका छन् । सोही वडाकी ७ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि रम्तेललाई राति ८ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरेर नाबालिकालाई यौन दुर्व्यवहार गरेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले रम्तेललाई नियन्त्रणमा लिएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।