वेद काफ्ले

यो सुनसरी, इनरुवाको बजार हो। यहाँको गुद्री बजारमा खाद्यान्न र घरायसी कामकाजका सामान एकै ठाउँमा छानीछानी किन्न पाइन्छ।

सातै दिन बिहानदेखि बेलुकासम्म खुल्ला रहन्छ। बेच्न राखेका सबै सामानका विशेषता र स्वादका बारेमा ग्राहकलाई विश्वास दिलाउने बिजिनेस पोलिसी यहाँका पसलेले राम्ररी जानेका छन्।

‘यो काँक्रो साह्रै ताजा र मिठो छ, फलानो ठाउँमा फलेको हो, खाएर हेर्नुहोला, नमिठो छैन।’

मिठो नभएमा के गर्ने भन्ने बारेमा चाहिँ केही बताउन चाहँदैनन् मौखिक रूपमा सबै सामानमा १००५ गुणस्तर ग्यारेन्टी।

इनरुवा वरपर प्रशस्त तरकारी उत्पादन हुने गर्दछ। हरेक दिन बिहान इनरुवा बसचोक नजिकै तरकारीको अस्थायी होलसेल बजार लाग्ने गर्छ।

यो होलसेल बजारबाट तरकारी नेपालका विभिन्न सहरमा पुग्दछन्। इनरुवा गुद्रीका पसलेहरूले पनि त्यहीँबाट तरकारी किनेर बेच्ने गर्छन्।

गुद्री बजारको अतिरिक्त इनरुवामा सोमवार र बिहीवार हप्तामा दुई पटक हाट (हटिया) लाग्ने गर्दछ। ्

आफ्नो बारीमा फलेका ताजा तरकारी हाटियामा लगेर किसानले प्रत्यक्ष बिक्री गर्ने पनि गरिन्छ।

ताजा, स्वादिष्ट तरकारीका पारखीका लागि इनरुवा स्वर्ग हो।

791
Shares
११ आश्विन २०७९, मंगलवार २२:०९