सतिसकुमार राजवंशी

विराटनगर । नेपाल चिकित्सक संघको २९औ राष्ट्रिय सम्मेलन यही आउँदो फागुन १८ देखि २० गतेसम्म विराटनगरमा हुने भएको छ।

नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिएको हो।

सम्मेलनमा ‘हेल्थ केयर एण्ड वेल बिइङ, करेन्ट ट्रेन्ड्स एण्ड च्यालेन्ज’ विषयमा छलफल हुने जानकारी गराइएको छ ।

राष्ट्रिय सम्मेलनका लागि डेढ करोड रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ। सम्मेलनमा देशभरिबाट हजारभन्दा बढी चिकित्सकहरुको सहभागिता हुनेछ।

सम्मेलनका अवसरमा चिकित्सा क्षेत्र र स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्तित्वहरु विशेष वक्ताका रुपमा सहभागी हुने चिकितसक संघ शाखाका अध्यक्ष डा. फरवार्ड सिलवालले बताए।

सम्मेलनमा देशभरका चिकित्सकहरुले आफनो अनुसन्धानमूलक कार्यपत्र पेश गर्ने छन् । नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र सबलीकरणका सन्दर्भमा समेत छलफल गरिने जनाइएको छ।

(प्रशिक्षार्थी)

301
Shares
११ आश्विन २०७९, मंगलवार १७:५४