विद्युत प्राधिकरण दुहवी ग्रीडमा कार्यरत मोरङको बूढीगंगा गाउँपालिका–४ घर भएका ४० वर्षीय मोहमद साविरको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए। उनका अनुसार प्राधिकरणका इलेक्ट्रिकल जुनियर हेल्पर रहेका साविर काम गर्ने क्रममा दिउँसो ४ः३० बजेतिर अचानक करेन्ट लाग्दा घाइते भएका थिए।
उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ।
विराटनगर । सुनसरीको दुहवीस्थित ग्रीड शाखा विद्युत कार्यालयका कर्मचारीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ।
1.02k
Shares
