काठमाडौं। बङ्गलादेशमा डुब्दा डुब्दा ३२ जनाको मृत्यु भएको छ। राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर उत्तरमा पर्ने पञ्चगढ जिल्लाको कराटोया नदीमा डुङ्गा दुर्घटना भएको हो।

डुङ्गा डुब्दा ३० जना बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको त्यहाँको प्रहरीले उल्लेख गरेको छ।

प्रहरी निरीक्षक सिराजुल हुडाका अनुसार झण्डै सयजना यात्रु बोकेको डुङ्गा आइतबार डुबेको थियो। दुर्घटनालगत्तै खोजी तथा उद्धारका क्रममा आइतबार बेलुका २५ जनाको शव भेटिएको थियो।

क्षमताभन्दा धेरै भार भएका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन्।

21
Shares
११ आश्विन २०७९, मंगलवार ०८:४१