मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि सहायता केन्द्र स्थापना गर्ने बताएका हुन्।
गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले उक्त जानकारी दिएका हुन्।पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए।
जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने भएको छ।