विराटनगर। मुक्तककार मन्जु घिमिरे दाहालको मुक्तक सङ्ग्रह ‘चेतनाको तरङ्ग’ लोकार्पण भएको छ। खोटाङ सामाजिक सेवा मञ्चको हलमा सर्जकहरुको उपस्थितिमाझ उक्त कृति लोकार्पण गरिएको हो।

कृतिको प्राज्ञ विवश पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ दधिराज सुवेदी, गजलकार मधु पोखरेल, साहित्यकार डा. देवी पन्थी, कृष्णप्रसाद भन्डारी मार्सेली, समीक्षक हरि कट्टेल, मुक्तक प्रतिष्ठान प्रदेश १ का अध्यक्ष बाबुराम पोखरेलले संयुक्त रुपमा लोकार्पण गरेका थिए।

कृतिमाथि समीक्षक हरि कट्टेलले समीक्षा गरेका थिए। मुक्तककार मदन भण्डारी, मन्जुश्री गिरी, विनोद विवश, लक्ष्मी रायमाझी, लक्ष्मी स्मृति, राधिका गुरागाईँ, रोहिणी रसिक, सविना श्रेष्ठ, रिता पाठक लगायतले सङ्ग्रहभित्र रहेका मुक्तकहरु वाचन गरेका थिए।

प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष राधा भट्टराईले सहभागीहरुको स्वागत गरेकी थिइन्।

कार्यक्रमको अन्तमा हालै दिवंगत प्रतिष्ठानकी सदस्य राधारमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। प्रतिष्ठानका सचिव मदन भन्डारीले राधारमाको मुक्तकसङ्ग्रह छिट्टै सार्वजनिक गर्ने घोषणा गरे ।

मुक्तक प्रतिष्ठान प्रदेश १ का अध्यक्ष बाबुराम पोखरेलको सभापतित्वमा भएको कार्यक्रम भरत गुरागाईँले सञ्चालन गरेका थिए।

189
Shares
११ आश्विन २०७९, मंगलवार ०७:५५