यात्रुले निगमका सबै गन्तव्यका टिकट अनलाइनमार्फत लिन सक्नेछन्।
यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइट www.nepalairlines.com.np बाट अनलाइन बुकिङ् गरी टिकट खरिद गर्न सक्नेछन्।निगमले दिल्ली, मुम्बई, बेंगलोर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा सेवा प्रदान गर्दै आइरहेको छ।
अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले जनाएको छ।