विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा सुनसरी इटहरीको जनता भेट्रान क्लब र विराटनगरको विन्दावासिनी भेट्रान क्लब विजयी भएका छन्।

सोमबार भएको पहिलो खेलमा इटहरीको जनता भेट्रान क्लबले विराटनगरको युनाइटेड भेट्रान क्लबलाई २-१ गोलमा हराउँदै क्वाटर फाइनलमा पुगेको छ।

युनाइटेडले पाहुना टोली इटहरीलाई अधिकांश समय दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन नसक्दा जित सुम्पनु प¥यो। इटहरीले पाएको अवसरलाई सदुपयोग गर्दै गोल गरे भने विराटनगरले पाएका धेरै अवसर चुकाउँदा हार्नु प¥यो।

खेलको १४ औं मिनेटमा इटहरीका निरबहादुर आलेले बक्स लाइनमा पाएको बललाई सिधा जाली चुमाए। २९ औं मिनेटमा पुनः आलले दोस्रो गोल गर्दै टोलीका लागि गोल संख्या दोब्बर पारे। उनले वान भर्रेस वानमा गोल गरे।

विराटनगरका लागि एकमात्र गोल ३६ औं मिनेटमा महेन्द्र खवासले गरे। बक्स लाइनमै पाएको फउलमा गरेको प्रहारमा इटहरीका गोलरक्षकले बचाउको कुनै मौका पाएनन्। खेलको म्यान अफ द म्याच इटहरीका निरबहादुर आले भए।

त्यसैगरी, दोस्रो खेलमा विराटनगरको विन्दवासिनी भेट्रान क्लबले पाहुना टोली झापाको विर्तामोड भेट्रान क्लबलाई टाइब्रेकरमा ४–२ गाोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको छ।

खेलको निर्धारित समयमा दुवै टोली गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो।

विन्दावासिनीका कृष्ण शाक्य, प्रेम घिमिरे, विनोद धिमाल र दीलिपकुमार क्षेत्रीले गोल गरे। विर्तामोडका मोहन लिम्बू र झलकसिंह राजवंशीले गोल गरे भने केशवराज दाहाल र लक्ष्मी लिम्बूले गोल गर्न चुके।

खेलको म्यान अफ द म्याच विन्दवासिनीका गोलरक्षक दिलिपकुमार क्षेत्री भए। उनलाई एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँले पुरस्कार प्रदान गरे।

असोज १५ गतेसम्म सहिद रंगशालामा हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिरहाका १० वटा क्लबको सहभागिता छ। टिमुरले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब सहभागी छन्।

यसैगरी, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्लब, एभरेष्ट भेट्रान क्लब, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्लब र आयोजक टिमको सहभागिता छ।

सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्लब र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायत व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन्।

मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्लब र सिराहाको लहान भेट्रान क्लब तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्लब र आयोजकबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु