मध्यान्तरअघि गोलरहित खेलको दुवै टोली मध्यान्तरपछि खेलको लय परिवर्तन गर्दा दुवै टोली गोल गर्न सफल भए। खेलको अन्तिम ३० सेकेण्ड बाँकी छँदा दमक २–१ गोलको स्थितिमा थियो।
आफूलाई ३० सेकेण्ड समाल्न नसक्दा २–२ गोलको स्थितिमा रह्यो । निकै संघर्षका साथ टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै दमकले उपाधि जितेको हो।दमकका देउमान लिम्बू, विशाल राई, पुष्कर धिमाल र सुवाश आङथुपोले गोल गरे भने एलबी आलेको प्रहारलाई गोलरक्षकले बचाए।
विराटनगरका सुरेन्द्र तामाङ, अंकुर खड्गी, सुरज श्रेष्ठले गोल गरे भने नवीन्द्र लिम्बूको प्रहारलाई गोलरक्षले विफल पारे । अन्तिममा प्रहार गरेका लाक्पा लामाको प्रहार सिधा पोष्टमाथिबाट बाहिरियो।४९ औं मिनेटमा दमकका देउमान लिम्बूले पाएको क्रसपासमा हेडमार्फत गोल गर्दै अग्रता दिलाए। लगत्तै ५० औं मिनेटमा विराटनगरका सुरेन्द्र तामाङ बक्स अगाडिबाट गरेको प्रहार सिधा जाली चुमाउँदै खेल बराबरीमा ल्याए।
५८ औं मिनेटमा दमकका सुवास आङ्थुपोले सेन्टरबाट ट्याक्ल अघि बढाएको बल वान भर्सेस वानको स्थिति बनाएर गोल गरे। खेल सकिन ३० सेकेण्ड बाँकी छँदा विराटनगरका सुरज श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए।
म्यान अफ द म्याच दमकका गोलरक्षक सुनील तामाङ भए। सर्वाधिक गोलकर्ता विराटनगरका सुरज श्रेष्ठ र उत्कृष्ट खेलाडी सुवास आङ्थुपो भए।
प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रूपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रूपैयाँका साथै ट्रफी प्राप्त गरे। व्यक्तिगततर्फ २ हजार १ सय रुपैयाँ पुरस्कार पाए।
फाइनल खेलका अवसरमा पूर्व खेलाडी ललित थापा, गोवद्र्धन आले, गम्भीर लामा र अन्नतराज थापालाई सम्मान गरियो।
खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, उद्योगी तथा समाजसेवी अरुण राठी, वडाध्यक्ष उद्धव भुजेल, किशोर शाही, खेल संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरे।