आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र उपमेयर अइन्द्रविक्रम बेघालाई धरानमाथिको आकाशमा यात्रा गराइएको थियो।
धरान होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठका अनुसार दसैँको अवसर पारेर तीर्थयात्री एवं पर्यटकका लागि सहज होस् भनेर उडान सुरु गरिएको हो।धरानबाट पाथिभरा गएर फर्कन प्रतिव्यक्ति भाडा ३९ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ। मौसम अनुकूल रहे दैनिक ६ वटासम्म उडान गरिने जनाइएको छ।