विराटनगर । गठबन्धनमा रहेका राजनीतिक दलहरुमा सिट वितरण गर्ने क्रममा प्रतिनिधिसभा सदस्य नपाउने भएपछि माओवादी केन्द्र धनकुटाका नेताहरूले सामूहिक राजीनामा दिएका छन्।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले विज्ञप्ति जारी गर्दै माओवादी समन्वय समितिमा रहेका सबैले राजीनामा दिएको जनाएका छन्।

पार्टीका पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरूले राजीनामा दिएका हुन्।

नेता भण्डारीले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने र उनको उम्मेदवारीलाई सघाउने जिल्ला संयोजक राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एउटामात्रै संघीय निर्वाचन क्षेत्र रहेको धनकुटाबाट गठबन्धनका तर्फबाट कांग्रेस नेता सुनीलबहादुर थापा र जनता समाजवादी पार्टीका रकम चेम्जोङले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दाबी गरेका छन्।
28
Shares
९ आश्विन २०७९, आईतवार १७:२१