विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ स्थित कान्छी चोकमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ। छोरा घाइते भएका छन्।

चतरा सडकखण्डमा कान्छी चोकबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प १६०८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर बिहान ९ः५० बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रामधुनी नगरपालिका–६ का ६० वर्षीय रामप्रसाद रेग्मीको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए।

उनका अनुसार गम्भीर घाइते भएका रेग्मीको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो। दुर्घटनामा रामप्रसादका छोरा ३९ वर्षीय सुमन रेग्मी घाइते भएका छन्।

सुमन मोटरसाइकलका चालक हुन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु