कतिपय क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो ती क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको छ ।
मेची, बिरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवाखोलालगायत झापाका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । विराटनगरलगायत मोरङका विभिन्न क्षेत्रमा शनिबार राति ठूलो वर्षा भएको थियो ।
झापाको विर्तामोड र आसपास क्षेत्रमा पनि शनिबार वर्षा भएको थियो । वर्षाका कारण विभिन्न स्थान जलमग्न बनेका थिए ।