सतिसकुमार राजवंशी । विराटनगर,
राजवंशी समाज विकास समिति मोरङको नयाँ कार्यसमिति चयन भएको छ ।
विराटनगरमा सम्पन्न समाजको छैठौं जिल्ला अधिवेशनले रमेशकुमार राजवंशीको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मिथिलेशकुमार राजवंशी, वीरेन्द्रकुमार राजवंशी, मानबहादुर राजवंशी र आशोदेवी राजवंशी चयन भएका छन् ।
अविधेशनबाट अमृतकुमार राजवंशी सचिव, श्यामलाल राजवंशी सहसचिव र विजयकुमार राजवंशी कोषाध्यक्ष चुनिएका छन् । सदस्यहरुमा राजेश राजवंशी, पूर्णीमाकुमारी राजवंशी, प्रल्हाद राजवंशी, कन्हैयालाल राजवंशी, माधवप्रसाद राजवंशी, बनिलाल राजवंशी, कमल राजवंशी, अनिल राजवंशी र शान्तिदेवी राजवंशी लगायत रहेका छन् ।
विराटनगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ कार्यसमितिका बारेमा जानकारी गराइएको हो । नयाँ कार्यसमितिमा चयन भएकालाई शनिबार नै समाजका केन्द्रीय महासचिव राजकुमार राजवंशीले शपथग्रहण गराएका छन् । (प्रशिक्षार्थी)