विराटनगर । महोत्तरीको मटिहानी नगरपालिका–१ स्थित बाँसघारीमा एक जना महिलाको शव फेला परेको छ ।
खेतमा काम गर्न भनेर गएकी ४० वर्षीया अमाना खातुन शुक्रबार राति मृत फेला परेको प्रहरीले जनाएको छ । खातुनको मृत्युको कारण खुल्न बाँँकी छ । महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।
बलात्कारपछि महिलाको हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । प्रहरीका अनुसार बलात्कार प्रयास हुँदा प्रतिकारका क्रममा हत्या गरिएको आशंका छ । घटनाको अनुसन्धान भइरहेको एसपी पंगेनीले बताए ।