टिक वितरणमा भेदभाव र एकलौटी नगर्न भन्दै पार्टीमा दबाव दिन थालेको छ । कोइराला पक्षका नेता कार्यकर्ताले अलग्गै वैठकहरु गरेर यसबारे छलफल गर्न थालेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक व्यवहार नगरे प्रतिकार गर्ने तयारी समेत उनीहरुले गरेका छन् ।समानुपातिक सूचीमा देउवाले एकलौटी गरेको कोइराला समूहका नेताहरुको आरोप छ । यसको विरोधमा शनिबार कोइराला समूहले काठमाडौंमा खबरदारीसभा आयोजना गरेको छ ।
नेता जगदीश्वरनरसिंह केसीका अनुसार समानुपातिक सूचीमा देउवाले एकलौटी गर्दै आफूहरुलाई पाखा गर्न खोजेपछि दबाव बढाइएको हो । उनले पार्टी नेतृत्व मनपरितन्त्रका आधारमा चल्न खोजेको आरोप पनि लगाए ।प्रत्यक्षतर्फको टिकटमा वितरण पनि एकपक्षीय हुन सक्ने देखिएकाले खबरदारी निरन्तर गरिने उनले बताए ।