काठमाडौं। दुई वर्ष लामो प्रतिबन्धपछि भुटानले विदेश पर्यटकहरूका लागि आगमन खुलाएको छ । कोभिड–१९ महामारीका कारण भ्रमणमा प्रतिबन्ध लगाइएको थियो ।
अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आबद्ध अधिकारीहरू सहित २३ जना विदेशी पर्यटक शुक्रबार भुटान पुगेका छन् ।
प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित भुटानले पहिलो संक्रमित भेटिएपछि सन् २०२० मा सिमाना बन्द गरेको थियो ।
करिब ८ लाख जनसंख्या भएको भुुटानमा ६१ हजारलाई संक्रमण भएको छ भने २१ जनाको मृत्यु भएको छ । कोभिडका कारण अर्थतन्त्र भने प्रभावित बनेको छ ।
काठमाडौंबाट पहिलो उडानमा पुगेका प्रत्येक आगन्तुकलाई उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको भारतीय समाचार संस्था एनडीटीले जनाएको छ ।