काठमाडौं । बंगलादेशको राष्ट्रिय फुटबल टोली शुक्रबार राति नेपाल आइपुगेको छन्। नेपालसँगको मैत्रीपूर्ण खेलका लागि टोली काठमाडौं आइपुगेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले बंगलादेशको टोलीलाई स्वागत गरेका थिए।

नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ ।

बंगलादेशले बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा बंगलादेश १–० ले विजयी भएको थियो ।

21
Shares
८ आश्विन २०७९, शनिबार ०९:१३