राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयु आगामी मंसिर ४ गतेसम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखिदिनुपर्ने भन्दै व्यंग्य समेत गरे ।
आ–आफ्नो आयु अनुसार सत्तारुढ दलहरु बुढो भएको र उनीहरुको आयु लेखिदिने काम भने एमालेले गर्नुपर्ने उनको भनाई थियो । ओलीले भने, ‘एउटा सल्लाहको रुख ५० वर्षमा बढ्दै हुन्छ । अर्को तितेपातीको बोट तीन महिनामा बुढा भईवरी मर्छ, जन्मेको तीन महिनामा ।’‘एस पार्टी भन्ने छ नि, आजकाल । पोहोर भदौंमा जन्मियो । अहिले भदौंमा बैंस आयो । अर्को भदौं पुग्दैन । एस पार्टी तितेपातीको झार जस्तै हो’ ओलीले भने ।
गठबन्धनमा भएका पार्टीहरु जतिजति उमेरका भए पनि आयु अनुसारको बुढा भएको उनले बताए । एमाले भनेको युवा पार्टी भन्दै ओलीले पोहोर बनेको भएपनि कुनै कुनै पार्टी बुढो पार्टी हो भने ।ओलीले एमालेलाई भ्रष्ट भन्नेहरु आफैं भ्रष्टाचारी भएको आरोप लगाए । उनले सत्तारुढ दलहरुले एमालेमाथि झुटो लाञ्छना लगाउने काम गरेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।