भुपाल अधिकारी
आगो लागी खरानी भइ जलेको यो मन
माया प्रेम सबै थोक तिम्रै लागि भन
मुटु फुट्यो छिया छिया नै परेर
तिम्रै निम्ति जान्छु कि मरेर
तेजाबले पोलेसरि पोल्यो मेरो छाती
आजभोलि किन हो निन्द्रा छैन राती
आँखाभरि आँसु नै छ कोही छैन साथी
तिमी बाहेक अरु कोही रहेनछ जाती
फूल टिपे माला नै गाँस लौ
मेरै निम्ति एक फेर हाँस लौ
–विराटनगर ६