विराटनगर । दमक–लखनपुर भेट्रान्स क्लब झापा विराटनगरमा जारी प्रदेश १ स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भरौल भेट्रान्स क्लब सुनसरीलाई २–० गोलले हराउँदै दमक उपाधिनजिक पुगेको हो ।

दमकले शनिबार हुने मर्निङ्ग भेट्रान्स क्लब हाटखोला र आयोजक मिल्स भेट्रान्स क्लब ‘क’ विराटनगरको बिजेता टिमसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफदेखि दबावमा राखेको दमकले ३७ औं मिनेटमा सुवास आङथुपोले गोली गरी सुरूवाती अग्रता दिलाएका थिए ।

खेलको ५३ औं मिनेटमा देउमान लिम्बुले डिबक्स भित्रबाट गोली गरी २–० गोलले दमकलाई जित दिलाउन सफल भए ।

प्रतियोगिताको म्यान अफ द म्याच दमकका रमेश बस्नेत घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार विराटनगरका युवा व्यवसायी मनोजबिक्रम शाहले बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु