काठमाडौं। जापानले कोभिड–१९ महामारीका कारण दुई वर्षदेखि बन्द सीमा विदेशी पर्यटकका लागि खोल्ने भएको छ ।
पर्यटकहरूले अक्टोबर ११ देखि जापान भ्रमण गर्न सक्ने जनाइएको छ । दैनिक आगमनमा लगाइएको प्रतिबन्ध पनि हटाइने भएको हो ।
अमेरिकी डलरको तुलनामा जापानी येनको मूल्य खस्केपछि जापानले पर्यटकका लागि सीमा खुल्ला गर्ने रणनीति अघि सारेको हो ।प्रधानमन्त्री फुमियो किशिदाले जापानको अर्थतन्त्र उकास्नका लागि सीमामा लगाइएको प्रतिबन्ध फुकुवा गरेको बताएका छन् ।
जापानसँगै ताइवान र हङकङले पनि कोरोना कालमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।