विराटनगर । प्रदेशमा गठन गरिने प्रज्ञा प्रतिष्ठानमा योग्य व्यक्तिहरुलाई समेट्न माग गरिएको छ । प्रतिष्ठान सञ्चालनका लागि विशुद्ध प्राज्ञिक तथा सम्बन्धित क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरुलाई समावेश गर्न माग गरिएको हो ।
प्रदेश १ सरकारले भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकास गर्ने उद्देश्यले व्यवस्था गरेको प्रज्ञा प्रतिष्ठान सञ्चालनका लागि भदौ २७ गते नेपाल राजपत्रमा एने प्रकाशित भएको थियो ।
उक्त ऐनका सम्बन्धमा नेपाली लेखक संघ मोरङले ध्यानाकर्षण भएको जनाएको छ । प्रतिष्ठानमा नियुक्त गरिने सम्पूर्ण पदहरुमा प्राज्ञिक तथा सम्बन्धित क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरु रहनु पर्ने माग संघले गरेको छ ।
संघका अध्यक्ष दिङ्लाली कान्छो, सचिव शुभलक्ष्मी लम्साल, प्रदेश १ का संयोजक प्राज्ञ विवश पोखरेल, केन्द्रीय सल्लाहकार प्राज्ञ दधिराज सुवेदी, केन्द्रीय सदस्य निर्मला कोइरालालगायत कार्यसमितिका पदाधिकारी तथा सद्स्यहरुको बैठकले यस्तो माग गरेको हो ।
वैठकले मुख्यमन्त्री, संस्कृति मन्त्री र मन्त्रालयका सचिवका सट्टामा विशुध्द प्राज्ञिक क्षेत्रका वरिष्ट व्यक्तिहरु कुलपति, सहकुलपति, उपकुलपति तथा सदस्य सचिव रहने गरी हालको ऐनलाई संशोधन गर्न लागि ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकारले व्यवस्था गरेअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको अवधारणा अनुरुप नै प्रदेश प्रज्ञा प्रतिष्ठानको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु