बाढीले पाँच हजारभन्दा बढी घर बगाएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । सात हजार घरमा क्षति पुगेको जनाइएको छ ।
सुडानको उत्तरी क्षेत्रका २५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्याएको छ । बाढीबाट हजारौं हेक्टर जमिनको खेती नष्ट भएको छ । सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पनि क्षति पुगेको छ ।बाढीबाट जुन महिनादेखि कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित भएका छन् । तीमध्ये आधाभन्दा बढीको घर ध्वस्त भएकाले विस्थापित भएका छन् ।