हाँस्न नसके पनि बाँच्न हुन्थ्यो अँगालेर
यही समयमा टाढा हुन्छौ तिमी
नफुल्ने सपना कति बुन्छौ तिमी
गुँडमै छ बचरा पर्छ राख्नु सम्हालेर
उडेर वेगले कहाँ छुन्छौ तिमी
बुझेनौ व्यथा घरको गयौ चित्त चुँडालेर
अँधेरी रातको यौटै जून छौ तिमी
यौटा कुरा भन्छु म अर्कै सुन्छौ तिमी
म मलम चाहन्छु यो दिलको काँडा निकालेर
प्रीति पन्छाएर पैसा चुन्छौ तिमी
रमाइला चाडपर्व आए हिलो पखालेर
कहिले आफ्नै मन चिनी धुन्छौ तिमी
–भरतपुर ,चितवन