विभिन्न कार्यक्रम र जागरणका साथमा यो दिवस मनाउने गरिन्छ । आइएफआरसीको पहलमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । कुनै घटना, दुर्घटना र युद्धका घाइतेको प्राणरक्षार्थ प्राथमिक उपचारको ठूलो महत्व छ ।
जीवन रक्षाका आधाभूत सीपहरु आर्जन गर्दै शरीरमा लागेका घाउ र चोटबाट रक्तश्राव रोक्ने ज्ञान प्राप्त गर्ने तथा बिरामीको प्राथमिक उपचार गराउने विषयलाई यो दिवसले प्राथमिकतामा राखेको हुन्छ । दिवसका माध्यमबाट सवारी दुर्घटना, आगलागी, विषादी सेवन, जीवजन्तुको आक्रमण, सर्पदंश लगायत विभिन्न घटनामा परेका घाइतेको जीवन जोगाउन प्राथमिक उपचारमा जोड दिने गरिन्छ ।सामान्यतया प्राथमिक उपचारमा मल्हम, पट्टी, ह्यान्डीप्लास्ट, आधारभूत ओखतीहरु, जीवनजल, सामान्य कैंची, ब्लेड, थर्मामिटर अनि एन्टीसेप्टीक धुलोहरु प्रयोग हुन्छ । आकस्मिक बिरामी परिएमा वा दुर्घटना भएमा प्राणरक्षार्थ प्राथमिक उपचार गर्नु पर्दछ ।
नेपालमा भने प्राथमिक उपचार विधिलाई खासै वास्ता गरेको पाइँदैन । संरचनागत समस्याले नेपाली गाँउहरु अझै पनि प्राथमिक स्वास्थोपचारको मूलधारमा छैनन् । मानिसको ज्यान जोगाउन तत्काल अपनाइने उपचार विधिका लागि सहज तालिम पनि प्रदान गरेको पाइँदैन ।