विराटनगर । प्रदेश १ सरकारले सुरक्षा निकायका लागि खरिद गरेको स्कर्टिङ मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

बुधबार मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीलाई बजाज कम्पनीका ६ थान डोमिनार मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशका मुख्यमन्त्री राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताए ।

यस्तै, मन्त्री कार्कीले अपराधलाई न्यूनीकरणका गर्नका लागि सुरक्षाकर्मीलाई बलियो बनाउनुपर्ने बताए ।

मोटरसाइकल ग्रहण गर्दै प्रदेश १ प्रहरी कार्यालयका प्रमुख सुदीप गिरिले सरकारलाई धन्यवाद ज्ञापन गरे ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले ट्राफिक ब्यवस्थापन तथा सवारी दुर्घटना न्युनीकरणका भावि योजनाहरूसमेतको प्रस्तुती गरेका थिए।

14
Shares
६ आश्विन २०७९, बिहीबार ०७:४१