विराटनगर । भरौल भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी प्रदेश १ स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा बुधबार भएको खेलमा मिल्स भेट्रान्स क्लब ‘ख’ विराटनगरलाई ५–० गोलले हराउँदै भरौल भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको हो ।
जितको लागि भरौलका डेनी राईले ह्याट्रिक गरे । उनले खेल अवधिभरीमा तीन गोल गरे भने भरौलका प्रेम सागरले एक गोल गरेका थिए । एक गोल आत्मघाती भयो । भरौललाई सेमिफाइलनमा पु¥याउन डेनीले खेल सुरू भएको पाचौं मिनेटमा गोल गरी सुरूवाती अग्रता दिलाए ।
पहिलो गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै डेनीले पुनः आठौं मिनेटमा गोल गरी दोब्बर बनाए । खेलको २८ औं मिनेटमा मिल्स भेट्रान्सका सुरज बस्नेतले आत्माघाती गोल गरिदिए ।
पुरा समय मिल्स भेट्रानमाथि हाबी भएको भरौलले हाफपछि दुई गोल ग¥यो । ६० औं मिनेटमा प्रेम सागरले गोल गर्दै ४–० को अग्रता बनाए । ६७ औं मिनेटमा डेनीले ह्याट्रिक पुरा गर्दै भरौललाई ५–० को जित दिलाउन सफल भए ।
खेलको म्यान अफ द म्याच भरौलका लक्ष्मी चौधरी घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । बिहीबारको खेल मर्निङ्ग भेट्रान्स क्लब र युनाईटेड भेट्रान्स क्लब विराटनगरबीच हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।