कोसी गाउँपालिका-८ स्थित सप्तकोशी नदी पुलबाट हाम फालेका सप्तरीको तिरहुत गाउँपालिका-५ का २२ वर्षीय मिथुनकुमार मुखियालाई प्रहरीले उद्दार गरेको हो ।
सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार बुधबार बिहान ११ बजे प्रहरीले स्थानीय माझीहरूको सहयोगमा डुंगा लिई उनको उद्दार गरिएको हो।उद्दारपछि सोधपुछ गर्दा घरायसी समस्याको कारण तनाब सहन नसकेर आत्महत्या गर्न सप्तकोसीमा हाम फालेको खुलेको डिएसपी राईले बताए।
यसैगरी आजै बिहान ७:३० बजे सप्तकोसीमा हाम फाल्ने तयारीमा रहेकी एक महिलालाई प्रहरीले आत्महत्या गर्नबाट जोगाएको छ। मोरङको बेलबारी नगरपालिका-१ की ४४ वर्षीया गीता लिम्बूलाई प्रहरीले उद्दार गरेको हो।सोधपुछका क्रममा उनले घरायसी समस्याका कारण आत्महत्या गर्न लागेको खुलाएकी थिइन्। उनीहरू दुवैलाई परिवारको जिम्मा लगाइएको डिएसपी राईले जानकारी दिए।