विराटनगर । नागरिकता विधेयक प्रमाणित नगरेको भन्दै मधेसवादी दललगायत संगठनहरुले बुधबार विराटनगरका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले संसदको दुवै सदनबाट पारित भइसकेर प्रमाणीकरणका लागि पेस गरिएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोध गरेका थिए ।

संवैधानिक प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि त्यसको उल्लंघन गरेको प्रदर्शनकारीको आरोप छ ।

जसपाका नेता कार्यकर्ताले मेन रोडको हनुमान मन्दिर क्षेत्रमा प्रदर्शन गरेका थिए । उनीहरुले विरोधमा पुतला दहन समेत गरेका थिए ।

जसपा मोरङका अध्यक्ष राजकुमार यादवले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् ।

यसैगरी लोसपाका कार्यकर्ताले कोसी राजमार्गको गुद्री बजारनजिक प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु