विराटनगर । विराटनगर महानगरपालिका निर्माणाधीन घरबाट खसेर घाइते भएका मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियार रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सोमबार विराटनगर–७ का मुकेश पोठारीको निर्माणाधीन घरको दुई तलामाथिबाट खसेर उनी घाइते भएका थिए ।काठको काम गर्ने क्रममा गत घरबाट खसेर घाइते भएका उनको बुधबार बिहान ११ बजे मृत्यु भएको डिएसपी श्रेष्ठले जनाए ।
श्रेष्ठका अनुसार विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
उनको शव कोसी अस्पतालमा पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइएको छ प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।