विराटनगर । खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा झापामा मंगलबार राति एक युवकको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका–१० मा रहेको सेती खोलामा माछा मार्दै गर्दा करेन्ट लागेर २७ वर्षीय इन्द्र चेम्जोङको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । चेम्जोङ अर्जुनधारा–१० काली झोडाका बासिन्दा हुन् ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि राति १० बजेतिर बिर्तामोडको बी एन्ड सी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाको अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु