सञ्जय राईले धरान उपमहानगरपालिका–१० मा सञ्चालन गर्दै आएको ‘हाम्रो होटल’बाट राति १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक राईसहित धरान–१६ का ३३ वर्षीय जीवन बस्नेत, धरान–११ का ४३ वर्षीय मोहन गुरुङ, ३५ वर्षीय सालिन राई, धरान–१३ का २७ वर्षीय विवेक राई, ४२ वर्षीय मणिराज राई, धरान–१९ का ३९ वर्षीय अरुण केसी र ३८ वर्षीय आइत लिम्बू रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बू नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट ५ बुक तास र २ लाख ५२ हजार ८ सय ३५ रूपैयाँ बरामद भएको छ । उनीहरुविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
विराटनगर । सुनसरीको धरानस्थित एउटा होटलमा तास खेलिरहेका ८ जनालाई प्रहरीले आज (बुधबार) बिहानका राति पक्राउ गरेको छ ।
35
Shares
