विराटनगर । विराटनगर महानगरपालिका–१५ मा बेहोस अवस्थामा भेटिएका एक जना पुरुषको मृत्यु भएको छ ।
बाबा हलनजिकको सडकमा मंगलबार राति अन्दाजी ३० वर्षीय पुरुष अचेत अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार राति ८ः४५ बजेतिर उद्धार गरेर उपचारका लागि कोसी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा राति ९ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । शव कोसी अस्पतालमै राखिएको छ ।
प्रहरीका अनुसार कोही आफन्त र परिवारका सदस्य पनि सम्पर्कमा आएका छैनन् । मृतकको पहिचानको प्रयास भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।