नदेख्दा तिमी मरेझैं लाग्छ, चमक मलाई
नहुँदा तिमी यो घर लाग्छ, सडक मलाई

कसरी चल्छ ती रथ दुई, पाङग्रा नगुडाई
सवारी हुँ म तिमी नै लाग्छ, चालक मलाई

कहिले पाएँ अपार प्रेम, कहिले घृणा यो
जीवन पनि, लाग्दैछ अहिले फरक मलाई

कसरी पढुँ, कसरी सम्झुँ, दिलको त्यो भाव
त्यो तिम्रो प्रेम नबुझ्ने बन्यो, पुस्तक मलाई

कहिले हास्यौं, कहिले रोयौं, जीवनभरि नै
जीवन तिम्रो लाग्दैछ अहिले, नाटक मलाई।।

–विराटनगर

224
Shares
४ आश्विन २०७९, मंगलवार १६:५४