विराटनगर । माछा मार्न भनेर घरबाट निस्किएका ताप्लेजुङका एक युवा मृत फेला परेका छन् । सिदिङ्वा–३ का २५ वर्षीय विक्रम ताम्लिङ साम्सिम खोलामा मंगलबार बिहान मृत अवस्थाामा भेटिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोमबार अपराह्न १२ बजेतिर घरबाट हिँडेका उनी नफर्किएपछि आफन्त र परिवारले प्रहरीलाई खबर गरेर खोजी थालेका थिए । भोलिपल्ट बिहान उनको शव खोलामा भेटिएको हो ।

खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर ताम्लिङको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान अघि बढाउन इलाका प्रहरी तेल्लोकबाट निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको प्रदेश १ कार्यालयले जनाएको छ।
42
Shares
४ आश्विन २०७९, मंगलवार ०९:२०