ठक्करले धनपालथान गाउँपालिका–७ की ६५ वर्षीया कलावती मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार प्रदेश १–०४–००१ प ८८९४ नम्बरको मोटरसाइकलले साँझ ६ः३० बजेतिर मण्डललाई ठक्कर दिएको थियो ।
ठक्करबाट सिकिस्त घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल पुर्याइएको थियो। राति ८ः१० बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।दुर्घटनापछि फरार मोटरसाइकल चालक धनपालथान–७ का १७ वर्षीय विकास यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यादवको साथमा सवारी चालक अनुमति पत्र नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
लाइसेन्स प्राप्त नगरेका चालकले तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको निरीक्षक कार्कीले बताए ।