आयोगले आइतवार र सोमवार मानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । सत्तारूढ प्रमुख दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का तर्फबाट नेपाल समाजवादी पार्टी बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई पाँच सिटसहित प्रतिनिधि सभामा समानुपातिकतर्फ एक सय १० उम्मेदवारको सूची बुझाइएको छ ।त्यस्तै राप्रपा नेपालले ११० वटै बन्दसूचीका नाम पेस गरेको छ ।
प्रतिनिधि सभामा समानुपातिक पद्धतिबाट ११० जना र सातवटा प्रदेश सभामा दुई सय २० जना उम्मेदवार हुनेछन् ।समानुपातिक पद्धतिमा मतदाताले राजनीतिक दललाई मत दिनेछन् । दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट सांसद निर्वाचित हुन्छन् ।