कलेज परिसरमा संविधान दिवसको अवसर पारेर सोमबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा व्यवस्थापन संकायमा नेपालमै उच्चतम अंक ३.९६ जीपीए ल्याएर उनी सर्वोत्कृष्ट बनेकी थिइन् ।
यसैगरी कक्षा १२ को बोर्ड परीक्षामा ए–प्लस ल्याउने विद्यार्थी र तिनका अभिभावकलाई पनि सम्मान गरिएको थियो । प्रदेश १ क सामाजिक विकास मन्त्री राजन राईले सम्मान गरेका थिए ।कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा बीबीएस तेस्रो वर्षमा नेपाल प्रथम सिम्रन अग्रवाल र दोस्रो वर्षमा प्रदेश प्रथम भएकी राजलक्ष्मी अग्रवाललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा पुनम गुप्ता, देवकिशोर मुण्दडा, भिखमचन्द सरल, समाजसेवी सुरेशराज शर्मा, हिसानका केन्द्रीय सदस्य राजेश कार्कीलगायतले मेरिल्याण्ड कलेजको गुणस्तरीय अध्यापनको प्रशंसा गरेका थिए ।