आफन्त सुवासकुमार अमात्यका अनुसार उनी मुटु र श्वासप्रश्वासका बिरामी थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।
आइतबारै उनले आफ्ना बुवाको श्राद्ध कर्म गरेका थिए । त्यसपछि स्वास्थ्यमा समस्या देखिएको अमात्यले बताए ।२००७ सालको क्रान्तिमा प्रजातन्त्र प्राप्तिका लागि उनको महत्वपूर्ण योगदान थियो । उनी नेवारी संस्कृति र भूगोलका ज्ञाता समेत थिए ।
वृद्धावस्थामा पनि उनी सामाजिक कार्यमा सक्रिय रहन्थे । गणेशमान फाउन्डेसन प्रदेश १ का पूर्वअध्यक्ष रहेका उनले झिँ पुचः, नेपाल क्षयरोग निवारणलगायत विभिन्न संस्थाको नेतृत्व सम्हालेका थिए ।पदको लोभ नगर्ने भनेर चिनिएका प्रधान निष्ठावान मानिन्थे । नेपाली कांग्रेसका समर्थक रहे पनि राजनीतिमा रुचि नराख्ने स्वभावका थिए ।
प्रधानको विराटनगरस्थित सिंघिया घाटमा मंगलबार अन्त्येष्टि गरिने अमात्यले बताए । उनका तीन छोरी र पत्नी छन् ।