सात वर्ष आज पुरा हुँदै गर्दा
हजारौं बलिदानीले जन्माएको
जन आशा र विश्वासले सिँगारिएको
तर देखियो भोगियो
जनताका लागि साधक रहेन बाधक।
परपाखण्डी, कालाकोटे र छोटे राजाहरुको रङ्गिन संविधान
अनि
ती हुकुम प्रमाङ्गीकर्ता शासकहरुको
गाँठ, स्वाँठ, ढाँटहरुको संविधान
झोले झ्याम्टे र राष्ट्रघाती फाँसीवादीको
हत्यारा ,बलात्कारी भ्रष्ट र गरिबमाराको
दिशाहीन लोकलाज पचाउनहरुको
प्रमाणित नै भएन र?
विदेशमुखी, मानवता र न्यायहरणकर्ताको
सत्ता र शक्तिको आशक्तिमा होली खेल्ने
बुख्याँचा खेलाडीहरुको
विषवृक्ष रोप्ने मठाधीश र झण्डाधीशहरुको
लुटेरा र विदेशी दलालहरुको
देशद्रोही लेण्डुपे जस्ताहरुको
होली वाइनको नशमा उन्मत्त
अनि
स्वधर्म मृत्यु सैय्यामा पुर्याउनेहरुको
हिंसा र आतंकका व्यापारीहरुको
जनताका लागि आशा र केवल कोरा कागज
अनि असफल संविधान।