नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट विद्यार्थी, स्वयंसेवी विद्यार्थी, निजामती कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा २३ सय बिरुवा रोपिएको जनाइएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बिरुवा रोप्ने कामको सुरुवात गरेका थिए ।असोज २, ३ र ४ गते तीन दिनसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावलीलगायत क्रियाकलाप गर्ने सरकारको घोषित कार्यक्रम थियो ।
वृक्षारोपाण सुरु गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै संविधानलाई जोगाएर लान जरुरी रहेको बताए ।आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संघीयताले विकासका गतिविधि चलायमान बनाएको दाबी गरे ।
यसैबीच, प्रदेश सरकारले दिवसको मुख्य दिन सोमबार साँझ प्रदेशवासी नागरिकलाई आ–आफ्नो घर टोल र महत्त्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न अपिल गरेको छ ।