पुरुष ७४ किलो तौल समूहको अन्तिम चरणमा उनले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराएका थिए । फाइनल ‘बेस्ट अफ थ्री’ का आधारमा गरिएको थियो ।
सागरले दोस्रो राउन्डमै फराकिलो अन्तरको स्कोर बनाएका थिए । ७४ किलो तौल समूहमा अमेरिकाका चार्ली बिलगुुड तेस्रो बनेका थिए ।अध्ययनका लागि अघिल्लो महिना अस्ट्रेलिया पुगेका सागर राष्ट्रिय टोलीका खेलाडी हुन् । उनी विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्थे ।
उनले इन्डोनेसियामा भएको १८ औं एसियन गेम्स, चीन सम्पन्न आर्मी ओलम्पिक गेम्स र कोरियामा सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए ।यसैगरी कोरियाको जेजु र मुजुमा सम्पन्न जी टु गेम्समा क्रमशः तेस्रो र दोस्रो स्थान प्राप्त गरेका थिए ।