जेठ पहिलो साता उनीहरुले इटहरी उपमहानगरपालिका ८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरी गरेको प्रहरीको आरोप छ ।
मगरले गहना चोरी गरेर राईलाई बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी इटहरीका निरीक्षक भीमबहादुर खड्काका अनुसार राईले उक्त गहना बिकलाई बेचेको बयानमा बताएका थिए ।
तिनैजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।दसैँ, तिहार जस्ता मुख्य पर्व नजिकिइरहेका बेला सहर, बजारमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ ।