यही क्रममा प्रहरीले विराटनगर १२, रोडशेष चोकमा अवैध रुपमा ल्याइएको कपडा नियन्त्रणमा लिएको छ ।
आइतबार अपराह्न प्रहरी टोलीले करिब ४० लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो ।ट्याक्टरमा लोड गरेर ल्याइएका सामानसहित प्रहरीले चालक जहदाका १९ वर्षीय रमेश यादवलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका सामान, साधन र चालकलाई कारबाही प्रक्रियाका लागि इटहरीस्थित राजस्व कार्यालय पठाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।तस्बिर सौजन्य: मोरङ प्रहरी