विराटनगर । सुनसरी र झापामा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सुनसरीमा भएको दुर्घटनामा तीनजना घाइते भएका छन् ।

सुनसरीको बराहक्षेत्र १ किरातचोकस्थित चतरा–पकली सडक खण्डमा प्रदेश ३–०२–००३ प ६७०५ नम्बर मोटरसाइकलले प्रदेश १–०२–०५० प ८२३८ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

त्यस क्रममा प्रदेश ३–०२–००३ प ६७०५ नम्बर मोटरसाइकल पछाडि बसेका ताप्लेजुङका २५ वर्षीय सुनील स्यामु लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले सिकिस्त घाइते भएका उनको चतरास्थित अस्पतालमा मृत्यु भएको थियो ।

उक्त मोटरसाइकलका चालक प्रशान्त लावती घाइते भएका छन् । अर्को मोटरसाइकलका चालक बराह क्षेत्र, चकरघट्टीका २६ वर्षीय मुनिराज राई र पछाडि बसेका खोटाङका २६ वर्षीय वीरेन्द्र राई पनि घाइते भएका छन् ।

यसैगरी झापाको कमल गाउँपालिका ४ को भित्री सडकमा मे१ह ५१३९ नम्बर टेम्पोले ठक्कर दिंदा स्थानीय चार वर्षीय ऋतिक गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्पो चालक नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु