विराटनगर । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फ उम्मेदवार ३३० जनाको नाम तयार गरेको छ ।

काठमाडौंमा आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभाका लागि २२० जनाको नाममा टुंगो लगाएको हो । हाल छनोट गरिएका नामहरुमा असोज १६ गतेसम्म फेरबदल हुन सक्ने एमालेले जनाएको छ ।

प्रतिनिधिसभातर्फ ११० जनामध्ये आदिवासीबाट ३२, खस आर्यतर्फ आधा संख्या महिलासहित ३४ जनाको नाममा टुंगो लागेको पार्टीले जनाएको छ ।

यसैगरी, थारुबाट ७, दलित १५, मधेसी १७, मुस्लिमतर्फ ५ जनाको नाम पारित गरिएको छ । प्रतिनिधि सभातर्फ ११० जनामध्ये ५७ जना महिला छन् ।

प्रदेश १ का लागि २० जना महिलासहित ३७ जना छानिएका छन् । मधेस प्रदेशमा २३ महिलासहित ४३, वागमतीमा ‘क्लस्टर’ सहित ४४ जना, गण्डकीमा आदिवासीतर्फ ११ जना छानिएका छन् । खस आर्यतर्फ नौ, दलिततर्फ ४ जनाको नामलाई सूचीमा समावेश गरिएको छ ।

लुम्बिनी प्रदेशका लागि आदिवासी जनजाति ७, खस आर्यतर्फ १७, थारूतर्फ ५, मधेसी ५ र मुस्लिम ३ जना परेका छन् । यसैगरी कर्णालीमा आदिवासीबाट १ महिला, खस आर्य १०, दलित ४ जना छन् ।

सुदुरपश्चिमका लागि आदिवासी महिला १, खस आर्य १२, थारु ४, दलित ४, मधेसी १ तथा मुस्लिम १ सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु